ग्लोबल


पोलियो खोपका लागि गाजामा युद्धविराम गर्न इजरायल सहमत

पोलियो खोपका लागि गाजामा युद्धविराम गर्न इजरायल सहमत

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार ७:५७, काठमाडौँ

पोलियोविरुद्धको खोप अभियान सञ्चालनका लागि गाजामा युद्धविराम गर्न इजरायल सहमत भएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजामा बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन इजरायल युद्धविराम गर्न सहमत भएको जनाएको छ।

गाजापट्टीमा सञ्चालन हुने यस खोप अभियानमा ६ लाख ४० हजार बालबालिकालाई खोप लगाइने डब्ल्यूएचओका वरिष्ठ अधिकारी रिक पेपरकर्नले बताए।

युद्धविराम खोप अभियानका दिन स्थानीय समयअनुसार बिहान ६ बजेदेखि १५ बजेसम्म लागू हुने बीबीसीले जनाएको छ।

पोलियोका कारण १० महिनाको बच्चा पक्षाघात भएको राष्ट्रसंघका अधिकारीहरूले बताएको समयमा यो सम्झौता भएको हो।

गाजामा २५ वर्षपछि पहिलोपटक पोलियो देखिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad