ad ad

ग्लोबल


म्यानमारबाट बंगलादेश भागिरहेका रोहिंग्याहरूविरुद्ध ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु

म्यानमारबाट बंगलादेश भागिरहेका रोहिंग्याहरूविरुद्ध ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु

फाइल तस्बिर


नेपालखबर
साउन २७, २०८१ आइतबार १२:१, काठमाडौँ

म्यानमारबाट भागेर बंगलादेश छिर्न खोजिरहेका रोहिंग्याहरूविरुद्ध ड्रोन हमला हुँदा २ सय जनाभन्दा धेरै मारिएका छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मारिनेमा महिला, बच्चा र पूरै परिवार पनि छन्।

हमला बंगलादेशको सीमा आसपास रखाइन प्रान्तमा भएको हो। 

घटनामा एक गर्भवती महिला र उनका २ वर्षकी छोरीको पनि मारिएको बताइएको छ।

यो हमलाको दोष मिलिसिया र म्यानमारका सेनाले एकअर्कालाई लगाइरहेका छन्।

रोहिंग्याहरू बंगलादेश प्रवेश गर्न कुरिरहेका बेला सो हमला भएको हो। 

उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा पोस्ट भएको छ। जसमा शव तितरबितर देखिन्छन्। नजिकै सुटकेस र झोला छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .