हालै सम्पन्न लोकसभा निर्वाचनबाट भारतीय संसद्मा थुप्रै युवा प्रवेश गरेका छन्। बलिउड अभिनेत्री कंगना रनावत (३७) र पूर्व बलिउड अभिनेता चिराग पासवान (४१) पनि भारतीय संसद्का युवा अनुहार हुन्। यो यस्तो जोडी हो, जो बलिउडको रंगिन पर्दादेखि संसद् भवनसम्म सँगसँगैआइपुगेको छ।
रोचक त के छ भने कंगना र चिरागले एक फिल्ममा संगै काम गरेका थिए। भारतीय अंग्रेजी अखबार हिन्दुस्थान टाइम्सका अनुसार उनीहरुले सन् २०११ मा फिल्म ‘मिले न मिले हम’ मा सँगै काम गरेका थिए। जसमा चिरागले टेनिस खेलाडीको भूमिका निभाएका थिए। फिल्ममा उनी कंगनाको प्रेममा पर्छन्। चिरागले खेलेको यो एक मात्रै फिल्म हो भने कंगनाले भने बलिउडमा थुप्रै हिट फिल्म दिएकी छिन्।
मिठो पुर्नमिलन

कंगना भारतीय जनता पार्टीकी सांसद हुन् भने चिराग लोक जनशक्ति पार्टी (रामविलास) दलका प्रमुख हुन्। उनी नरेन्द्र मोदी नेतृत्वको सरकारको मन्त्री समेत बनेका छन्। संसदीय दलको बैठकअघि नै चिरागले आफू कंगनालाई फेरि भेट्न उत्सुक रहेको बताएका थिए। ‘म उनलाई भेट्नका लागि उत्सुक छु,’ भारतीय सरकारी समाचार एजेन्सी पीटीआईसँग उनले भनेका थिए, ‘उतिबेला हामीले असल सम्बन्ध कायम गरेका थियौं। सँगै काम गर्यौं। हामी संसद्मा भेट्दै छौं। मेरो विचारमा उनी एक मजबुत महिला हुन्। उनी आफ्नो भनाइ प्रखरताका साथ राख्छिन् र म उनलाई संसद्मा सुन्न उत्सुक छु।’
अप्ठयारोमा साथ
Shares

प्रतिक्रिया