ad ad

ग्लोबल


कंगना–चिराग : फिल्मदेखि संसद्सम्म सँगसँगै

कंगना–चिराग : फिल्मदेखि संसद्सम्म सँगसँगै

बलिउड अभिनेत्री कंगना रनावत (३७) र पूर्व बलिउड अभिनेता चिराग पासवान


नेपालखबर
जेठ २९, २०८१ मंगलबार २१:७, काठमाडौँ

हालै सम्पन्न लोकसभा निर्वाचनबाट भारतीय संसद्मा थुप्रै युवा प्रवेश गरेका छन्। बलिउड अभिनेत्री कंगना रनावत (३७) र पूर्व बलिउड अभिनेता चिराग पासवान (४१) पनि भारतीय संसद्का युवा अनुहार हुन्। यो यस्तो जोडी हो, जो बलिउडको रंगिन पर्दादेखि संसद् भवनसम्म सँगसँगैआइपुगेको छ।


रोचक त के छ भने कंगना र चिरागले एक फिल्ममा  संगै काम गरेका थिए। भारतीय अंग्रेजी अखबार हिन्दुस्थान टाइम्सका अनुसार उनीहरुले सन् २०११ मा फिल्म ‘मिले न मिले हम’ मा सँगै काम गरेका थिए। जसमा चिरागले टेनिस खेलाडीको भूमिका निभाएका थिए। फिल्ममा उनी कंगनाको प्रेममा पर्छन्। चिरागले खेलेको यो एक मात्रै फिल्म हो  भने कंगनाले भने बलिउडमा थुप्रै हिट फिल्म दिएकी छिन्।

 

मिठो पुर्नमिलन
त्यसता खासै संगै काम नगरेका उनीहरुका लागि हालै सम्पन्न चुनावले भने फेरि सँगसँगै हुने अवसर जुराइदिएको छ। सांसदका रुपमा निर्वाचित भएपछि उनीहरुको पहिलो भेट भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सत्ता गठबन्धन ‘एनडीए’को संसदीय दलको बैठकमा भयो। बैठकस्थलमा खिचिएको एक भिडियो फुटेजमा कंगना हल्का निलो रंगको सारीमा चिटिक्क सजिएर चिरागसँग अंकमाल गरेको देखिन्छ। उनीहरुले हात मिलाउँछन्। कंगनाले मुस्कुराएर चिरागतिर हेर्दै कुरा गर्छिन्। यो उनीहरुको मिठो पुर्नमिलन थियो।


कंगना भारतीय जनता पार्टीकी सांसद हुन् भने चिराग लोक जनशक्ति पार्टी (रामविलास) दलका प्रमुख हुन्। उनी नरेन्द्र मोदी नेतृत्वको सरकारको मन्त्री समेत बनेका छन्। संसदीय दलको बैठकअघि नै चिरागले आफू कंगनालाई फेरि भेट्न उत्सुक रहेको बताएका थिए। ‘म उनलाई भेट्नका लागि उत्सुक छु,’ भारतीय सरकारी समाचार एजेन्सी पीटीआईसँग उनले भनेका थिए, ‘उतिबेला हामीले असल सम्बन्ध कायम गरेका थियौं। सँगै काम गर्यौं। हामी संसद्मा भेट्दै छौं। मेरो विचारमा उनी एक मजबुत महिला हुन्। उनी आफ्नो भनाइ प्रखरताका साथ राख्छिन् र म उनलाई संसद्मा सुन्न उत्सुक छु।’

अप्ठयारोमा साथ
किसान आन्दोलनको अपमान गरेको भन्दै शनिबार चन्डीगढस्थित विमानस्थलमा एक सुरक्षाकर्मीले कंगनालाई थप्पड हानिन्। चिरागले उनीविरुद्ध भएको आक्रमणको निन्दा गर्दै साथ दिए। ‘यो एकदमै गलत हो,’ इन्डिया टुडे टिभीको एक अन्तवार्तामा चिरागले भनेका छन्, ‘मैले सधै अभिव्यक्ति स्वतन्त्रताको सर्मथन गर्दै आएको छु र म दुवै पक्षका बारेमा बोल्दै छु। कंगनाले आफ्नो विचार राखिन् र उनी (ती सुरक्षाकर्मी) पनि त्यही गर्न सक्थिन्। मैले सधै भन्दै आएको छु कि सभ्य समाजमा दुव्यर्वहार, भौतिक आक्रमण र हिंसाका लागि कुनै स्थान हुनुहुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .