ad ad

ग्लोबल


अमेरिकामा बिक्री गरिएका २२ लाख कार फिर्ता गर्दै टेस्ला

अमेरिकामा बिक्री गरिएका २२ लाख कार फिर्ता गर्दै  टेस्ला

एजेन्सी
माघ १९, २०८० शुक्रबार १९:५६, काठमाडौँ

उपकरण प्यानलमा केही चेतावनी बत्ती धेरै सानो भएकाले टेस्लाले अमेरिकामा बिक्री गरिएका लगभग सबै २२ लाख सवारी फिर्ता गरिरहेको छ। 

अमेरिकी सुरक्षा नियामकहरूले शुक्रबार पोस्ट गरेको कागजातमा अनलाइन सफ्टवेयर अपडेटका साथ सवारी फिर्ता लिने बताइएको छ।

यसमा सन् २०१२ देखि सन् २०२३ को मोडल एस, सन् २०१६ देखि सन् २०२३ को मोडल एक्स, सन् २०१७ देखि सन् २०२३ को मोडल ३, सन् २०१९ देखि सन् २०२४ को मोडल वाई र सन् २०२४ को साइबरट्रक समावेश छन्।

ब्रेक, पार्क र एन्टिलक ब्रेक चेतावनी बत्तीहरूको फन्ट आकार सङ्घीय सुरक्षा मापदण्डहरूको अपेक्षामा साना भएको जनाएइको छ।

यसबाट महत्त्वपूर्ण सुरक्षा जानकारी पढ्न कठिन हुनसक्ने र दुर्घटनाको खतरा बढ्नसक्ने बताइएको छ। 

टेस्लाले पहिला नै सफ्टवेयर अपडेट जारी गर्न सुरु गरिसकेको छ र सवारी धनीहरूलाई मार्च ३० देखि पत्रद्वारा सूचित गरिने जनाएको छ।

एनएचटिएसका अनुसार जनवरी ८ मा नियमित सुरक्षा पालना अडिटमा समस्या थाहा भएको हो।  

टेस्लाले सम्भावितरूपमा समस्यासँग सम्बन्धित तीन वटा वारेन्टी दावी पहिचान गरेको छ तर दुर्घटना वा चोटपटकको कुनै रिपोर्ट छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .