ग्लोबल


इरानी जनरल सुलेमानीको समाधिस्थलनजिकै शक्तिशाली विस्फोट, कम्तीमा ७३ जनाको मृत्यु

इरानी जनरल सुलेमानीको समाधिस्थलनजिकै शक्तिशाली विस्फोट, कम्तीमा ७३ जनाको मृत्यु

नेपालखबर
पुस १८, २०८० बुधबार १९:२३, काठमाडौँ

इरानको रिभोल्युसनरी गार्डका दिवंगत जनरल  कासिम सुलेमानीको हत्याको चौथो स्मृति दिवस मनाइरहेका बेला विस्फोट भएको छ।

इरान सरकारको टेलिभिजन च्यानल इरिबका अनुसार बुधबार दिउँसो भएको यो विस्फोटमा कम्तीमा पनि ७३ जना मारिएका छन्। 

यो घटनामा अन्य सयौँजना घाइते भएका समाचार आएको छ।

यो घटनाको सुरुमा २० जनाको मात्रै ज्यान गएको खबर आएको थियो। तर इरानको सरकारी सञ्चारमाध्यमले मारिनेको संख्या बढेर ५० पुगेको जनाएको थियो। यो संख्या अब बढेर ७३ पुगेको हो। 

यो विस्फोट इरानको केरमान शहरको साहेब अल-जमान मस्जिदनजिकै भएको हो। 

एक अनलाइन भिडिओमा घटनास्थलमा कयौँ शव छरपस्ट अवस्थामा देखाइएको छ।

यसअघि समाचार एजेन्सी रोयटर्सले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै यो आतंकवादी हमलामा कम्तीमा पनि २० जना मारिएको जनाएको थियो। 

यो विस्फोट केर्मान प्रान्तमामा भएको हो। यसअघि सरकारी समाचार एजेन्सी नूर न्युजले स्मारकतर्फ जाने सडकमा कयौँ पनि छाडिएको थियो।

अहिले घटनास्थलमा उद्धार तीव्र बनाइएको छ। उद्धारकर्मी घाइतेलाई सहयोगका लागि जुटिसकेका छन्। यहाँ सयौँ मानिस सुलेमानीको स्मृति दिवस मनाउन जुटेका थिए। 

सुलेमानीको चार वर्षअघि इराकमा भएको अमेरिकी हमलामा ज्यान गएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad