ad ad

ग्लोबल


‘हमासले महिला बन्दीहरूलाई छाड्न नमान्दा भंग भयो युद्धविराम’

‘हमासले महिला बन्दीहरूलाई छाड्न नमान्दा भंग भयो युद्धविराम’

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०८० मंगलबार १३:५, काठमाडौँ

प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले महिला बन्दी रिहा गर्न नमान्दा इजरायलसँगको युद्धविराम भंग भएको अमेरिकाले जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयले इजरायल र हमासबीच भएको हप्ता लामो युद्धविराम सम्झौता हमासले महिला बन्धकहरूलाई रिहा गर्न नमान्दा भंग भएको उल्लेख गरेको छ।

विदेश मन्त्रालयका अनुसार आफूहरूले गरेको हिंसाबारे महिलाहरूले नबोलुन् चहाना हमासले राख्दा  फेरि युद्ध सुरु भएको हो। 

मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारलाई हमासले महिला बन्धकहरूलाई बलात्कार गरेको कुरा लुकाइरहनुपर्ने जरुरी नभएको बताएका छन्।  

सोमबार न्यूयोर्कस्थित मुख्यालयबाहिर जम्मा भएका सयौा प्रर्शनकारीले हमासद्वारा इजरायली महिलालाई बलात्कार गर्नुका साथै अन्य मानवताविरोधी घटनालाई लिएर संयुक्त राष्ट्रसंघको कडा आलोचना गरेका थिए।

एक अभियन्ताले हमासले जानीबुझी इजरायली महिलाविरुद्ध यौन हिंसाको हतियारको प्रयोग गरेको दाबी  गरेका छन्। तर उता हमासले भने उक्त आरोपलाई खारेज गर्दै यसलाई सरासर झुट भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .