ad ad

ग्लोबल


द्वन्द्वले ध्वस्त घर खोज्न फर्किए गाजावासी

द्वन्द्वले ध्वस्त घर खोज्न फर्किए गाजावासी

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १२:५३,

इजरायल र हमासबीचको अस्थायी युद्धविरामको क्रममा केही गाजाका बासिन्दा आफ्नो घर फर्केका छन्। तर, उनीहरूको घर होइन, भग्नावशेष मात्र भेटिएका छन्।

गाजापट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले भग्नावशेषमुनिबाट केही सामान संकलन गर्ने प्रयास गरिरहेका छन्। युद्धअघि आफूहरू सुरक्षित रूपमा बसेको भए पनि युद्ध सुरु भएपछि भवनहरू ध्वस्त भएको उनीहरुको भनाइ छ।

इजरायलको विरूद्ध हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बदलामा गाजामा इजरायली हमलाहरूपछि दुवै पक्ष गत हप्ता चार दिनको मानवीय युद्धविराममा पुगेका थिए।

इजरायल–हमास द्वन्द्वमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या १५ हजार नाघेको प्यालेस्टिनले जनाएको छ।

इजरायलले हमासको आक्रमणमा करिब १२ सय व्यक्तिको मृत्यु भएको र २ सयभन्दा बढीलाई बन्धक बनाएको बताएको छ। – सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .