ad ad

ग्लोबल


इजरायली जहाज कब्जा गरेको हुथीको दाबी

इजरायली जहाज कब्जा गरेको हुथीको दाबी

नेपालखबर
मंसिर ४, २०८० सोमबार ११:१७, काठमाडौँ

यमनका इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा इजरायली कार्गो जहाज कब्जा गरेको दाबी गरेको छ। यो जहाज यमनको बन्दरगाहमा लगिएको हुथीको दाबी छ। 

इजरायलले यो जहाज इजरायली नभएको र जहाजका कर्मचारीमध्ये एक जना पनि इजरायली नभएको दाबी गरेको बीबीसीको समाचारमा उल्लेख गरिएको छ। 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो ‘इरानी आतंकवादको अर्को कार्य’ भएको टिप्पणी गरेका छन्।

यसबारे इरानले कुनै प्रतिक्रिया दिएको छैन। गाजामा हमास र इजरायलबीच चलिरहेको युद्धलाई ध्यानमा राख्दै हुथी विद्रोहीले आफ्नो अधिकार क्षेत्रमा आउने कुनै पनि इजरायली जहाजलाई अपहरण गर्ने बताएका छन्।

हुथी विद्रोहीले इजरायलतर्फ धेरै मिसाइल र ड्रोन प्रहार गरेका छन्।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा हवाई र स्थलगत आक्रमण गरिरहेको छ। इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा भित्र हमासको सुरुङ रहेको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .