ad ad

ग्लोबल


चीनसँग ‘स्वस्थ’ सम्बन्धका लागि काम गरिरहेको अमेरिकी अर्थमन्त्रीको भनाइ

चीनसँग ‘स्वस्थ’ सम्बन्धका लागि काम गरिरहेको अमेरिकी अर्थमन्त्रीको भनाइ

नेपालखबर
कात्तिक २५, २०८० शनिबार १५:४४, काठमाडौँ

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच तनावपूर्ण सम्बन्धपछि वासिङ्टन र बेइजिङबीच ‘स्वस्थ आर्थिक सम्बन्ध’ पुनःस्थापित हुनुपर्नेमा जोड दिएका छन्।

युक्रेनमाथि आक्रमणका लागि रूसलाई रक्षा उपकरण आपूर्ति गर्ने चिनियाँ कम्पनीविरुद्ध एकतर्फी कदम चाल्न अमेरिकापछि नहट्ने उनले बताए।

‘हामी हाम्रो अर्थतन्त्रलाई चीनबाट अलग गर्न चाहँदैनौँ’, सान फ्रान्सिस्कोमा चीनका उपप्रधानमन्त्री हे लिफेङसँग दुईदिने बैठकपछि येलेनले भने, ‘यसले अमेरिका र चीन दुवैलाई हानि पु¥याउनुका साथै विश्वलाई अस्थिर बनाउनेछ।’

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका प्रधानमन्त्री सी चिनफिङबीच आगामी साता क्यालिफोर्नियामा हुने एपेक (एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन) शिखर सम्मेलनमा भाग लिन जानुअघि यो बैठक भएको हो।

वासिङ्टन र बेइजिङबीचको सम्बन्ध विशेष गरी पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा बिग्रिएको थियो, जसले चीनलाई घरेलु पारदर्शीताको रूपमा प्रयोग गर्नुभयो र अमेरिकी उत्पादनलाई बढावा दिने आफ्नो अभियानको एक भागको रूपमा चिनियाँ आयातमा करवृद्धि गरे।

बाइडेनको शासनकालमा वब्तव्यबाजीमा सुधार आएन र बेइजिङले रूससँगको सहकार्यलाई बढावा दिँदा सम्बन्ध थप तनावपूर्ण बनेको छ।

हालैका महिनामा बाइडन प्रशासनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, येलेन र वाणिज्यमन्त्री जिना राइमोन्डोको चीन भ्रमणसहित केही स–साना कदम चालेको छ।

येलेनले भने, ‘विगत दुई दिनमा, चिनियाँ उपप्रधानमन्त्री र मैले यस जगलाई स्पष्ट, प्रत्यक्ष र उत्पादक वार्ताका साथ निर्माण गरेका छौँ।’

‘व्यक्तिगत कूटनीतिको विकल्प छैन’, उनले भने, ‘थप वार्ताका लागि अर्को वर्ष चीन जाने सहमति भएको छ।’

यद्यपि येलेनले आफ्ना समकक्षीलाई चेतावनी दिँदै चिनियाँ कम्पनीहरूले रूसद्वारा गरिएको युक्रेन आक्रमणमा सहयोग गरिरहेको कुरा वासिङ्टनलाई थाहा भएको बताएका थिए।

‘हामीले प्रतिबन्धका कार्यक्रम लागू गरेका छौँ, तर रूसको सैन्य प्रयासका लागि महत्वपूर्ण उपकरणहरू अझै पनि प्रतिबन्धबाट बचिरहेका छन् र रूसलाई सहयोग पु¥याइएका छन्। यसप्रति हामी चिन्तित छौँ,’ उनले भने।

येलेनले आफूले चिनियाँ सरकारको संलग्नताको आरोप नलगाएको तर केही चिनियाँ निजी कम्पनी साथै केही वित्तीय संस्थाहरू पनि ‘त्यो प्रवाहलाई सहज तुल्याउन’ संलग्न रहेको पनि बताए।

‘मैले हाम्रो कुराकानीमा जोड दिएँ। हामी चीनले यस बिषयमा कडा कदम चालेको हेर्न चाहन्छौँ’, उनले भने, ‘कुनै कदम नचालेमा वासिङ्टन थप प्रतिबन्ध लगाउन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .