ad ad

ग्लोबल


इजरायली सेनाले भन्यो– हमासले यसो गरे युद्ध अन्त्य हुनेछ

इजरायली सेनाले भन्यो– हमासले यसो गरे युद्ध अन्त्य हुनेछ

इजरायली सेना


नेपालखबर
कात्तिक ६, २०८० सोमबार ११:७, काठमाडौँ

अक्टोबर ७ मा हमासले गरेको हमलापछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ।

साथै इजरायलले गाजा प्रवेश गर्न सीमामा सेना जम्मा गरेको छ। इजरायलले लामो समयदेखि यसको तयारी गरिरहेको छ।

यसैबीच इजरायली सेनाका प्रवक्ताले ‘हमासले आत्मसमर्पण गरेर बन्धकहरूलाई रिहा गरेपछि मात्र यो युद्ध अन्त्य हुने’ बताएका छन्।

दुई अलग–अलग अन्तर्वार्तामा इजरायली सेनाका दुई प्रवक्ताले गाजामा कहिलेदेखि भूमिगत कारबाही गर्ने भन्ने प्रश्नको जवाफ दिएका छन्।

लेफ्टिनेन्ट कर्नेल पिटर लर्नरले बीबीसी न्युजआरसँग भनेका छन्– भूमिगत कारबाही थाल्नुअघि हमासले बन्धक बनाएका दर्जनौंलाई मुक्त गर्ने प्रयासलाई ध्यान दिइनेछ।

अर्को अन्तर्वार्तामा लेफ्टिनेन्ट कर्नेल जोनाथन कोनरिकसले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँग कुरा गर्दै भनेका छन्– यदि हमासले आत्मसमर्पण गर्छ र बन्धकहरूलाई रिहा गर्छ भने युद्ध समाप्त हुनेछ।

प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्ध आज (अक्टोबर २३) सत्रौँ दिनमा प्रवेश गरेको छ। यही अक्टोरबर ७ का दिन हमासले अचानक आक्रमण गरेपछि जवाफमा इजरायलले गाजा (जहाँ हमासको सत्ता छ) मा निरन्तर बमबारी गरिरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .