ad ad

ग्लोबल


युद्धग्रस्त गाजाको एकमात्र विद्युत्‌गृह बन्द

युद्धग्रस्त गाजाको एकमात्र विद्युत्‌गृह बन्द

रासस/एएफपी
असोज २४, २०८० बुधबार १९:४४, गाजा सिटी, प्यालेस्टिनी अधिनस्थ क्षेत्र

इजरायली बमबारी र घेराबन्दीमा रहेको गाजा पट्टीको एकमात्र विद्युत्‌गृहमा इन्धन सकिएपछि बुधबार सेवा बन्द गरिएको प्यालेस्टिनी क्षेत्रको विद्युत् प्राधिकरणले जनाएको छ।

‘गाजा पट्टीको एक मात्र पावर प्लान्टले स्थानीय समयअनुसार दिउँसो २ बजेबाट सेवा दिन सकेको छैन,’ प्राधिकरणका प्रमुख जलाल इस्माइलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार इजरायली सेनाले गरेको कारबाहीमा एक हजार ७८ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने हमासले शनिबार द्वन्द्व सुरु भएयता एक हजार २०० भन्दा बढी इजरायलीको हत्या गरिसकेको छ। 

स्थानीय समयअनुसार शनिबार बिहानै प्यालेस्टिनी इस्लामिक कट्टरपन्थी समूह (हमास) ले एक्कासि इजरायली नियन्त्रणमा रहेको क्षेत्रमा जल, स्थल र आकाश तीन मार्गबाट प्रवेश गरी आक्रमण गरी निहत्था सयौँ व्यक्तिको हत्या गरेपछि इजरायलले पनि बदलामा हवाई आक्रमण गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .