ad ad

ग्लोबल


ट्रम्पविरुद्धको मुद्दामा सुनुवाइको मिति तोकियो

ट्रम्पविरुद्धको मुद्दामा सुनुवाइको मिति तोकियो

नेपालखबर
साउन ६, २०८० शनिबार १२:४१, काठमाडौँ

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजातहरूको कथित दुरुपयोग मुद्दामा २०२४ मे २० देखि सुनुवाइ हुने भएको छ।

न्यायाधीश इलिन क्याननले मिति अमेरिकी राष्ट्रपतिको चुनावअघि फैसला हुनेगरी सुनुवाइको मिति तय गरेका हुन्। सन् २०२४ नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ। ट्रम्प निर्वाचनपछि मात्रै मुद्दा चलोस् भन्ने चाहन्थे। तर अभियोजनले निर्वाचनअघि नै मुद्दा चलाउन चाहेको थियो ।

ट्रम्पमाथि फ्लोरिडास्थित आफ्नो घरमा ह्वाइट हाउसका  संवेदनशील फाइल राखेको गम्भीर आरोप छ। सरकारी वकिलहरूले पद छोडेपछि अवैध रूपमा गोप्य कागजातहरू राखेको र सरकारले फिर्ता लिन खोज्दा उनको काममा अवरोध गरेको अभियोजकहरूले आरोप लगाएका छन्।

सन् २०२१ को जुलाईमा न्युजर्सीस्थित बेडमिनिस्टरस्थित गल्फ क्लबमा ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्तिसँग छलफल गरेको श्रव्य सामग्री मिडियामा सार्वजनिक समेत भएको थियो।

तर त्यसमा सत्यता नभएको दावी ट्रम्पले गरेका थिए। 'यी कागजातहरू हुन्, यो सेनाले गरेको थियो र मलाई दिइएको थियो,’ श्रव्य सामग्रीमा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले भनेका छन्। 

विशेष वकिल ज्याक स्मिथले पदबाट हटेपछि गोप्य दस्तावेजको दुरुपयोग गरेको आरोपमा ट्रम्पमाथि ४९ पृष्ठ लामो अभियोग पत्रमा उक्त रेकर्डिङको ट्रान्सक्रिप्टको केही अंशलाई प्रमाणका रूपमा उद्धृत गरिएको छ।

पूर्वराष्ट्रपति देउवाले आफ्नो चुनावी अभियानलाई खत्तम पार्न जानाजानी यस्तो प्रयास भइरहेको बताएका छन्। उनले आफू यस मामलामा निर्दोष भएको दावी गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .