ad ad

ग्लोबल


एट्लान्टिक महासागरमा बेपत्ता पनडुब्बी फेला पर्‍यो, पाँचै जनाको मृत्यु

एट्लान्टिक महासागरमा बेपत्ता पनडुब्बी फेला पर्‍यो, पाँचै जनाको मृत्यु

नेपालखबर
असार ८, २०८० शुक्रबार ९:५२, काठमाडौँ

एट्लान्टिक महासागरमा बेपत्ता पनडुब्बी ५ दिनपछि बिहीबार साझ फेला परेको छ। तर त्यसमा सवार पाँचै जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। 

अमेरिकी कोस्ट गार्डले यसको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी कोस्ट गार्डका रियर एडमिरल जोन मोगरले टाइटानिक जहाजको भग्नावशेषको अगाडिको भागभन्दा १६ सय फिट तल पनडुब्बीका पाँच भाग भेटिएको बताएका छन्।

टाइटनसँग सम्पर्क टुटेपछि उद्धार कार्यमा संलग्न अमेरिकी कोस्ट गार्डका मानिसले ठूलो विस्फोटको आवाज सुनेको बताएका छन्। 

टाइटनमा सवार पाँच जनामध्ये बाबु–छोरा राजकुमार र सुलेमान दाउदका परिवारले उनीहरूको निधनप्रति दुःख व्यक्त गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .