ad ad

ग्लोबल


बंगलादेशमा बज्रियो चक्रवात, टापु डुब्ने र रोहिंग्या शरणार्थी शिविर ध्वस्त हुने खतरा

२ दशकयताकै सबैभन्दा शक्तिशाली आँधी
बंगलादेशमा बज्रियो चक्रवात, टापु डुब्ने र रोहिंग्या शरणार्थी शिविर ध्वस्त हुने खतरा

चक्रवातका कारण आएको आँधी


नेपालखबर
बैशाख ३१, २०८० आइतबार १९:२, काठमाडौँ

चक्रवात मोका बंगलादेशको तटमा पुगेको छ। जसका कारण म्यानमारका धेरै क्षेत्रमा पनि भारी वर्षा भइरहेको छ। बीबीसीका अनुसार यहाँ १९५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ। यो गति २५० किमि/घन्टासम्म पुग्न सक्छ। बंगलादेशको मौसम विभागले भनेको छ– मोका २ दशकयताकै देशमा आएको सबैभन्दा शक्तिशाली आँधी हुनसक्छ। 

जसका कारण देशको कोरल टापु सेन्ट मार्टिन डुब्ने खतरामा छ। हालसम्म, विमानस्थलहरू बन्द गरिएका छन् र माछा मार्नेहरूलाई समुद्रमा नजान आग्रह गरिएको छ। मोका शनिबार राति मध्य र आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवाती आँधीमा परिणत भएको हो। यसले विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरलाई पनि असर गर्न सक्छ।

विश्व मौसम विज्ञान संगठनका अनुसार चक्रवातका कारण बाढी वा पहिरो आएमा यसले बंगलादेश–म्यानमार सीमामा रहेको रोहिंग्या शरणार्थी शिविरलाई ध्वस्त पार्न सक्छ। यस शरणार्थी शिविरमा करिब ८ लाख ८० हजार रोहिंग्या बस्छन्। ५ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

भारतको मौसम विज्ञान विभागले उक्त चक्रवाती आँधी पछिल्लो ६ घण्टामा १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर-उत्तरपूर्वतर्फ सरेको जनाएको छ। यो आँधी मे १४ (आज) साँझसम्म बंगलादेशको कक्स बजार र म्यानमारको क्युकप्यु हुँदै जाने अनुमान गरिएको छ। यस अवधिमा हावाको गति १५०-१६० किमि प्रतिघण्टादेखि १७५ किमि प्रतिघण्टा हुन सक्छ।

हेर्नुहोस् चक्रवातसँग सम्बन्धित थप तस्बिर-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .