ग्लोबल


मणिपुर जातीय हिंसामा मृत्यु हुनेको संख्या ५४ पुग्यो

मणिपुर जातीय हिंसामा मृत्यु हुनेको संख्या ५४ पुग्यो

नेपालखबर
बैशाख २३, २०८० शनिबार १३:२६, काठमाडौँ

भारतको पूर्वोत्तर राज्य मणिपुरमा तीन दिनदेखि जारी जातीय हिंसामा मृत्यु हुनेको संख्या ५४ पुगेको छ।

अधिकारीहरूका अनुसार मृत्यु भएकामध्ये १६ जनाको शव चुराचन्दपुर जिल्लाको अस्पतालको शवगृहमा राखिएको छ। १५ जनाको शव इम्फाल पूर्व जिल्लाको जवाहरलाल नेहरु चिकित्सा विज्ञान प्रतिष्ठानमा राखिएको छ। २३ शव इम्फाल पश्चिमको क्षेत्रीय चिकित्सा विज्ञान संस्थान अस्पतालमा छन्।

चुराचन्दपुर जिल्लामा शुक्रबार राति भएका दुई छुट्टाछुट्टै भिडन्तमा पाँच अतिवादी मारिएको प्रहरीले जनाएको छ। रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार हिंसा प्रभावित क्षेत्रबाट अहिलेसम्म २० हजार लाई सुरक्षित स्थानमा लगिएको छ। तीमध्ये केहीलाई सेनाको शिविरमा पनि राखिएको छ।

शनिबार इम्फाल उपत्यकामा जनजीवन पुनः ट्रयाकमा फर्किएको देखिन्छ, पसल र बजार खुलेका छन् र सडकमा सवारीसाधनहरू देखिएका छन्।

यद्यपि, सबै प्रमुख सडक र स्थानहरूमा द्रुत कार्य बल र केन्द्रीय प्रहरी बलहरूको बाक्लो उपस्थिति छ। चुराचन्दपुर, मोरे, काक्चिङ र काङपोकपी जिल्लाको अवस्था नियन्त्रणमा आएको सेनाले जनाएको छ ।

मणिपुरमा बसोबास गर्ने जातीय समुदायबीच विशेषाधिकार पाउने आरक्षित सूचीमा बहुसंख्यक समुदाय मैतेईलाई राख्ने कि नराख्ने विषयमा विवाद हुँदा त्यसले हिंसाको रूप लिएको हो।

मणिपुरमा करिब १० प्रतिशत भूभागमा मैतेई समुदायको बाक्लो बसोबास छ। २८ लाख जनसंख्या भएको यस प्रदेशमा मैतेईको जनसंख्या २८ प्रतिशत रहेको छ।

मणिपुरमा नगा र कुकी समुदायलाई आरक्षणको सूचीमा राखेर विशेषाधिकार दिने गरिएकोमा मैतेईले पनि आरक्षण सूचीमा अटाउनुपर्ने माग उठाइरहेकोछ। यो समुदायले १० वर्षयता सोही मुद्दा उठाउँदै आएको छ भने आरक्षण पाइरहेका नगा र कुकी समुदायले त्यसको विरोध गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad