द्वन्द्वग्रस्त सुडानबाट १० हजारभन्दा बढी मानिस भागेर कास्टल र अर्कीनको स्थलसीमा पार गर्दै छिमेकी मुलुक इजिप्ट पुगेका छन्।
इजिप्टको जनरल अथोरिटी फर ल्याण्ड एण्ड ड्राई पोर्ट्स (जीएएलडीपी) ले बुधबार एक विज्ञप्ति जारी गरी द्वन्द्वग्रस्त सुडानबाट पाँच दिनमा १० हजारभन्दा बढी मानिस भागेर इजिप्ट आइपुगेको जनाएको हो।
अप्रिल २१ देखि २५ को बीचमा कास्ताल हुँदै एक हजार २९७ जना (इजिप्ट) आएका थिए। अन्य आठ हजार ८९७ जना अरकीन हुँदै आएका हुन्।
जीएएलडीपीले सुडानबाट भागेका इजिप्टका नागरिक र विदेशीलाई पनि सबै सुविधाहरूमा पहुँच सुनिश्चित गर्न सबै सम्बन्धित संस्थाहरूसँग समन्वय गरिरहेको जनाएको छ।
सुडानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार सुडानमा अहिलेसम्म ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन्।
सुडानबाट आफ्ना कुटनीतिज्ञ र नागरिकलाई सुडानभन्दा बाहिर निकाल्न लागिपरेका समय युद्धरत पक्षहरू सोमबार मध्यरातदेखि तीन दिने युद्धविरामका लागि सहमत भएका छन्। तर युद्धविराम पूर्ण रुपमा लागू भएन।
Shares

प्रतिक्रिया