ad ad

ग्लोबल


टर्की भूकम्प : कमजोर घर बनाउने ६ सय जनाविरुद्ध अनुसन्धान, मेयरसहित कयौँ पक्राउ

टर्की भूकम्प : कमजोर घर बनाउने ६ सय जनाविरुद्ध अनुसन्धान, मेयरसहित कयौँ पक्राउ

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०७९ आइतबार १३:२९, काठमाडौँ

टर्किस सरकारले ६ फेब्रुअरीमा आएको शक्तिशाली भूकम्पका कारण अकल्पनीय क्षति भएपछि कारबाही प्रक्रिया तीव्र बनाएको छ। 

भूकम्पमा ढलेका भवनलाई लिएर अहिलेसम्म ६ सयभन्दा धेरैविरुद्ध छानबिन अघि बढाइएको हो। 

शनिवार मात्रै न्याय मन्त्री बेकिर बोजदागले कमसल भवन बनाउने ठेकेदार र मालिकसमेत १८४ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरिसकिएको छ।

टर्कीमा कयौँ वर्षदेखि विशेषज्ञहरुले भ्रष्टाचार र सरकारी नीतिका कारण कयौँ नयाँ भवन असुरक्षित रहेको चेतावनी दिँदै आएका थिए। तर त्यसतर्फ सरकारले ध्यान नै दिएन। 

टर्की र सिरियामा आएको ७.८ म्याग्निच्युडको भूकम्पमा मारिनेको संख्या ५० हजार नाघिसकेको छ। 

दुई हप्ताअघि पनि सरकारी अधिकारीहरुले कमसल घर निर्माणमा संलग्न ११३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताएका थिए। 

टर्किस सञ्चारमाध्यमका अनुसार गिरफ्तारीमा पर्नेहरुमा एउटा सहरका मेयरसमेत रहेका छन्। जुन सहर भूकम्पबाट सबैभन्दा प्रभावित इलाकानजिकैको हो। 

भूकम्पपछि टर्कीभर करिब १६ हजार ठूला भवन ढलेका छन्। अर्कातिर विपक्षी पार्टी र कन्स्ट्रक्सन विज्ञले राष्ट्रपति रेचेप तैय्यप सरकारमाथि कानुन खुकुलो बनाइदिँदा कयौँ भवन ढलेर यति क्षति भएको आरोप लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .