ad ad

ग्लोबल


अमेरिकामा १२ जनामाथि अन्धाधुन्ध गोली प्रहार

अमेरिकामा १२ जनामाथि अन्धाधुन्ध गोली प्रहार

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार ९:५७, काठमाडौँ

अमेरिकाको फिलाडेल्फियास्थित केन्सिङटन क्षेत्रको एक बारबाहिर अन्धाधुन्ध गोली आक्रमण भएको छ।

शनिबार राति भएको यो आक्रमणमा परी कम्तीमा १२ जना घाइते भएका छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार प्रहरीले यस विषयमा थप अनुसन्धान अघि बढाएको छ भने घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म घाइतेहरुको अवस्थाको विषयमा भने थप जानकारी आउन बाँकी छ।

के कारणले यो आक्रमण भएको हो भन्ने पनि खुल्न सकेको छैन भने प्रहरीले यस घटनामा संलग्न रहेको आशंकामा कसैलाई पक्राउ पनि गरेको छैन। 

पछिल्लो समय अमेरिकामा गोली आक्रमणका घटनामा उल्लेख्यरुपमा बढेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .