ad ad

ग्लोबल


अस्ट्रियामा ‘समस्या’ आएको भन्दै रूसद्वारा इटालीलाई निर्यात गरिने ग्यासमा रोक

अस्ट्रियामा ‘समस्या’ आएको भन्दै रूसद्वारा इटालीलाई निर्यात गरिने ग्यासमा रोक

नेपालखबर
असोज १६, २०७९ आइतबार ६:४५, काठमाडौँ

रूसको ग्याजप्रोमले अस्ट्रियामा यातायात समस्या भएको भन्दै इटालीको एनीमा गर्दै आएको ग्यास आपूर्ति स्थगन गरेको इटालियन ऊर्जा कम्पनीले शनिबार जनाएको छ।

“ग्याजप्रोमले हामीलाई अस्ट्रियामार्फत ग्यास ढुवानीको असम्भवतालाई उद्धृत गर्दै आजका लागि माग गरिएको ग्यासको आपुर्ति गर्न असम्भब भएको बताएको छ,” एनीको स्थानीय प्रशासनद्वारा जारी एक विज्ञप्तिमा जनाएको छ। 

“फलस्वरूप, टार्भिसियो प्रवेश बिन्दु हुँदै एनीमा जाने रुसी ग्यास प्रवाह शून्य हुनेछ,” विज्ञप्तिमा भनिएको छ।

इटालीमा वितरण गरिएको अधिकांश रूसी ग्याँस ट्रान्स अस्ट्रिया ग्यास पाइपलाइन (ट्याग) मार्फत युक्रेन हुँदै अस्ट्रियाको सीमामा उत्तरी इटालीको टार्भिसियोमा जान्छ।

युक्रेनमा युद्ध हुनुअघि इटालीले आफूले खपत गर्ने ग्यासको ९५ प्रतिशत आयात गरेको थियो।

निवर्तमान प्रधानमन्त्री मारियो ड्राघीले रूसमा इटालीको निर्भरता घटाउन अन्य ग्यास उत्पादकहरूसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। एनीका लागि हुँने ग्यास आपुर्ति जूनमा २५ प्रतिशतमा झरेको छ। प्रशासनले रूसी ग्यासको विकल्पमा नवीकरणीय ऊर्जातर्फको परिवर्तनलाई गति दिएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .