ग्लोबल


रुसी कब्जामा रहेको युक्रेनी भूभागमा घरघर पुगेर जनमत लिँदै सैनिक

रुसी कब्जामा रहेको युक्रेनी भूभागमा घरघर पुगेर जनमत लिँदै सैनिक

नेपालखबर
असोज ८ , काठमाडौँ

युक्रेनको रुसले कब्जामा लिएको क्षेत्रमा रुसमा गाभिने वा नगाभिने भन्ने विषयमा जनसंग्रह भइरहेको छ।

सैनिकहरुले घरघरपुगेर मानिसहरुबाट यस विषयमा जनमत लिइरहेका छन्। बीबीसीका अनुसार सैनिकहरुले मानिसहरुलाई घरघर पुगेर यस विषयमा सोधिरहेका छन्।

उनीहरुले मौखिकरुपमा दिएको जानकारीअनुसार उनीहरुले सिटमा रेजा लगाउँदै मत लिएका छन्। 

रुसी सञ्चारमाध्यमहरुले सुरक्षाको कारण घरघरमा पुगेर मत संकलन गरिएको बताएका छन्। बीबीसीका अनुसार दक्षिणी खेरसनमा रुसी सेनाले सहरको बीचमा ब्यालेट राखेर जनमत लिइरहेका छन्। जहाँ रुसी सेना पनि ब्यालेट बक्सनजिकै उभिएका छन्। 

मेलिटोपोलकी एक महिलाले जनमतसंग्रहले मानिसहरुमा त्रास पनि बढाएको बताएकी छिन्। उनले आफ्ना पतिले रुसमा नगाभिने पक्षमा मतदान गरेका थिए। जसको कारण आगामी दिनमा रुसी सेनाले उनीहरुको परिवारलाई कारबाही गर्न सक्ने उनको चिन्ता छ। 

जानकारहरुका अनुसार यो जनमतसंग्रह पाँच दिनमा सम्पन्न हुनेछ। जसले रुसलाई युक्रेनबाट खोसेको भू–भागमा दाबी गर्ने मौका मिल्नेछ।

जसलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिए पनि रुसले उक्त क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई आफूमाथिको आक्रमण भन्दै कारबाही अघि बढाउनेछ। जसको कारण युद्ध थप चर्किन सक्ने आशंका बढेको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनको भूमिमा आफ्नो दाबी गर्न नाटक रचेको बताएका छन्। उनले युक्रेनी भूमिलाई आफूहरुले अर्को कुनै पनि देशको रुपमा मान्यता नदिने उल्लेख गरेका छन्।

रुसले लुहान्स्क, डोनेट्स, खेरसन र जापोरिझियालाई आफ्नो भूमिमा मिलाउन यो नाटक रचेको बेलायतको आरोप छ। 

असोज ८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad