ad ad

ग्लोबल


कजाकस्तान ओर्लिए सी चिनफिङ, एससीओको साइडलाइनमा पुटिनसँग भेट्ने

कजाकस्तान ओर्लिए सी चिनफिङ, एससीओको साइडलाइनमा पुटिनसँग भेट्ने

नेपालखबर
भदौ २९, २०७९ बुधबार १६:१०, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङ महामारीयताको पहिलो विदेश भ्रमणमा बुधबार दिउँसो कजाकस्तानको राजधानी नुर सुल्तानमा ओर्लिएका छन्। उनले त्यसपछि उज्बेकिस्तानको भ्रमण पनि गर्नेछन्।

सीलाई स्वागत गर्न कजाक राष्ट्रपति कासिम जोमार्त तोकाएप विमानस्थलसम्म पुगेका थिए। राष्ट्रपतीय भवनमा द्विपक्षीय कुराकानी हुनेछ।

उनीहरुबीच अनेक आर्थिक र व्यापारिक सम्झौतामा हस्ताक्षर हुने चीनका लागि कजाकस्तानका राजदूत शखरात नुरिसेवले जानकारी दिएका छन्।

बिहीबार उज्बेकिस्तानको समरकन्दमा सांघाइ कोअपरेसन फोरम (एससीओ) को शिखर बैठक सुरु हुँदैछ। बेइजिङ नेतृत्वको सो फोरममा आठ मुलुक सहभागी छन्। सो बैठकको साइडलाइनमा सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने अपेक्षा गरिएको छ।

यो फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता सी र पुटिनबीचको पहिलो आमनोसामने भेट हुनेछ। बेइजिङले रुसलाई सैन्य सहयोग नगरे पनि मौखिक समर्थन भने गरेको छ।

यसअघि २०२० को जनवरीमा वुहानमा लकडाउन सुरु हुनुभन्दा केही दिनअघि मात्र सीले म्यानमार भ्रमण गरेका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .