ad ad

ग्लोबल


रुसले नर्ड स्ट्रिम १ बाट ग्यास आपूर्ति रोक्यो, युरोपमा उर्जा संकटको चिन्ता

रुसले नर्ड स्ट्रिम १ बाट ग्यास आपूर्ति रोक्यो, युरोपमा उर्जा संकटको चिन्ता

नेपालखबर
भदौ १५, २०७९ बुधबार १७:५४, काठमाडौँ

रुसले युरोपमा ग्यास आपूर्ति गर्ने सबैभन्दा ठूलो पाइपलाइन अस्थायी रुपमा बन्द गरेको छ। मर्मतका लागि भन्दै पाइपलाइन बन्द गरिएपछि युरोपका धनी मुलुकहरु आर्थिक मन्दीमा पर्ने भय बढेको छ।

बुधबार रुसका गाजप्रोमले नर्ड स्ट्रिम १ नामक पाइपलाइनबाट ग्यास आपूर्ति रोकेको हो। सेप्टेम्बर ३ सम्म मर्मतका लागि त्यो बन्द रहने जनाइएको छ। रुसी ग्यास जर्मनी पुर्याउने सबैभन्दा ठूलो पाइपलाइन हो।

यसभन्दा बढी ग्यास आपूर्ति रोक्क भए जर्मनीमा ग्यासको संकट पर्नेछ। गएको एक वर्षमा ग्यासको होलसेल मूल्यमा ४०० प्रतिशत वृद्धि भइसकेको छ।

जर्मनीमा मुद्रास्फिति ५० वर्षयताकै उच्च दरमा छ। 

जुनमा रुसले सो पाइपलाइनको क्षमताभन्दा आपूर्तिमा ४० प्रतिशत कटौती गरेको थियो भने जुलाई २० प्रतिशत। 

पश्चिमा मुलुकहरुले रुसमाथिको लगाइएको प्रतिबन्धको बदला रुसले लिएको आरोप लगाइरहेका छन्। तर, बुधबार जर्मन सरकार आफैँले आफ्नो अर्थतन्त्र ध्वस्त पारिरहेको टिप्पणी रुसले गरेको छ।

रुसले बुल्गेरिया, डेनमार्क, फिनल्यान्ड, नेदरल्यान्ड र पोल्यान्डमा ग्यास आपूर्ति बन्द गरिसकेको छ।  रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .