ad ad

ग्लोबल


अफगानिस्तानको मस्जिदमा शक्तिशाली विस्फोट, कम्तीमा २० जनाको मृत्यु

अफगानिस्तानको मस्जिदमा शक्तिशाली विस्फोट, कम्तीमा २० जनाको मृत्यु

अफगानिस्तान। तस्बिर : बीबीसी


नेपालखबर
भदौ २, २०७९ बिहिबार ८:७, काठमाडौँ

अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा २० जनाको मृत्यु भएको आशंका गरिएको छ।

बुधबार साँझ प्रार्थनाका क्रममा मस्जिदमा विस्फोट भएको हो। एक गैरसरकारी संस्थाका अनुसार विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन्।

तर बीबीसीको पश्तो सेवाका अनुसार केही अपुष्ट रिपोर्टले विस्फोटमा २० जनाको मृत्यु भएको र ४० जनाभन्दा बढी व्यक्ति घाइते भएको दाबी गरेको छ। तर यसको आधिकारिक पुष्टि भइसकेको छैन।

काबुलमा तालिबान प्रहरी प्रवक्ता खालिद जाद्रानलाई उद्धृत गर्दै स्थानीय मिडियाले विस्फोट सहरको उत्तर पश्चिममा भएको उल्लेख गरेका छन्। 

विस्फोटमा सिद्दीकी मस्जिदका इमामको पनि मृत्यु भएको केही रिपोर्टमा जनाइएको छ।

तर विस्फोट कसले गरायो भन्ने अहिलेसम्म खुलेको छैन। एक साताअघि काबुलमा तालिवान समर्थक मौलानाको आत्मघाती हमलामा मृत्यु भएको थियो। त्यस हमलाको जिम्मा इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .