ad ad

ग्लोबल


राष्ट्रपतिले राजीनामा दिन बाध्य भ्रष्टाचार प्रकरण : सामसङको मालिकका छोरालाई माफी, जेलबाट छुट्दै

राष्ट्रपतिले राजीनामा दिन बाध्य भ्रष्टाचार प्रकरण : सामसङको मालिकका छोरालाई माफी, जेलबाट छुट्दै

नेपालखबर
साउन २७, २०७९ शुक्रबार १५:१६, काठमाडौँ

विश्वचर्चित कम्पनी सामसङ इलेक्ट्रोनिक्सका एकजना मालिकलाई दक्षिण कोरियाली सरकारले भ्रष्टाचारको मामिलामा माफी दिएको छ।

सन् २०१७ मा घुस लेनदेनमा मुछिएर दोषी दोषी ठहर सामसङ कम्पनीका मालिका छोरा (उत्तराधिकारी) ली जे योङ्गलाई दक्षिण कोरियाली सरकारले माफी दिएको हो। 

ली जे योङ्गलाई विशेष राष्ट्रपति क्षमादान प्रावधान अनुसार दक्षिण कोरियाली सरकारले माफी दिएको हो। 

दक्षिण कोरियाका सबैभन्दा शक्तिशाली अपराधीका रुपमा चित्रित गरिएका उनलाई पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई घुस दिएको मामिलामा दोषी ठहर गर्दै जेल पठाइएको थियो।

सामसङका प्रमुखले दुई कम्पनीलाई विलय गराउने क्रममा राष्ट्रपतिसँग सहयोग मागेका थिए। 

उनले यस कामका लागि राष्ट्रपतिलाई ८० लाख डलर घुस प्रस्ताव गरेका थिए। 

यो घुस प्रकरणको खबर सार्वजनिक भएपछि दक्षिण कोरियाको राजधानी सोलमा तत्कालीन राष्ट्रपति हेविरुद्ध चर्को प्रदर्शन भएको थियो।

त्यही प्रदर्शनको दबाबमा राष्ट्रपतिले आफ्नो कुर्सी नै छाड्नु परेको थियो। अर्कातिर घुस प्रकरणमा दोषी ठहर भएर योङ्ग पनि जेल चलान भएका थिए। 

तर अहिले आएर दक्षिण कोरियाली सरकारले उनलाई माफी दिएको हो। 

सरकारले ली जे योङ्गलाई दिइएको माफीलाई सही ठहर गर्दै कोभिड महामारीपछि देशको आर्थिक सुधारका लागि अहिलेलाई उनको आवश्यकता रहेको जनाएको छ।

देशको सबैभन्दा ठूलो कम्पनीका वास्तविक नेता जेलबाट छुटेर सार्वजनिक जीवनमा फर्किनु जरुरी रहेको पनि दक्षिण कोरियाली सरकारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .