ad ad

ग्लोबल


इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ व्यक्ति घाइते

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ व्यक्ति घाइते

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०७९ आइतबार १३:८, गाजा

इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ६ बालबालिका र २ महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा  जनाइएको छ।

इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप सहर रफाहमा एउटा घरलाई बिना चेतावनी आक्रमणको निशाना बनाउँदा  दुई प्यालेस्टिनीको मृत्यु हुनाका साथै ३० जनाभन्दा बढी घाइते भएको प्यालेस्टिनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताएको छ। 

यसैबीच, प्यालेस्टिनी स्रोतका अनुसार उत्तरी गाजाको जबलियाको शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा चार बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।

इजरायलले विस्फोटको जिम्मेवारी भने अस्वीकार गरेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .