ad ad

ग्लोबल


रुसको सीमावर्ती सहरमा विष्फोट, कम्तीमा तीनजनाको मृत्यु

रुसको सीमावर्ती सहरमा विष्फोट, कम्तीमा तीनजनाको मृत्यु

नेपालखबर
असार १९, २०७९ आइतबार १०:४०, काठमाडौँ

रुसको युक्रेनसँगको सीमानजिकैको बेलगोर्ड सहरमा आइतबार ठूलो विष्फोट भएको छ।

उक्त विष्फोटमा परी कम्तीमा तीनजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

रुसका क्षेत्रीय गभर्नर भ्यालेस्लाभ ग्लाडकोभका अनुसार उक्त विष्फोटमा परी ११ अपार्टमेन्ट भवन र ३९ आवासीय भवन ध्वस्त भएका छन्। ग्लाडकोभका अनुसार विष्फोटसँगै हवाई प्रतिरोधी प्रणाली सञ्चालनमा ल्याइएको छ। 

गत अप्रिलमा पनि बेलगार्ड सहरमा आक्रमण भएको थियो। 

यद्यपि यस विषयमा युक्रेनको तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता अहिलेसम्म एक करोड २० लाखभन्दा धेरै मानिस विस्थापित भइसकेका छन् भने हजारौंको मृत्यु भइसकेको छ।

पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा रहेको लिसिचान्स्कमा दुई मुलुकबीच युद्ध भइरहेको छ।

अहिलेसम्म दुवै मुलुकले यो सहर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .