ad ad

ग्लोबल


अचानक धुँवा भरिएपछि भारतीय विमानको आकस्मिक अवतरण

अचानक धुँवा भरिएपछि भारतीय विमानको आकस्मिक अवतरण

नेपालखबर
असार १९, २०७९ आइतबार ८:१२, काठमाडौँ

शनिबार आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट  जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ।

विमानमा रहेका सबै यात्रुलाई विमानबाट सकुशल उद्धार गरिएको छ। 

विमानले पाँच हजार फिटमाथि उडिरहेका समय विमानको केविनमा धुँवा भरिएको चालकदलका सदस्यलाई थाहा भएको र विमानलाई आकस्मिक अवतरण गरिएको विमान कम्पनीले ट्वीटरमार्फत जानकारी गराएको छ। केविनमा धुँवा भरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

विमानमा कति यात्रु थिए भन्नेबारे कम्पनीले जानकारी गराएको छैन तर विमान ‘सकुशल’ अवतरण गराइएको र यात्रुहरूलाई तत्काल अर्को उडानमार्फत् गन्तव्यमा पठाइएको उल्लेख गरिएको छ।

यसै बर्षको जुनमा पनि भारतको पटनाबाट नयाँ दिल्लीका लागि १८५ यात्रुसहित उडेको स्पाइस जेटको विमानको इन्जिनमा आगलागी भएपछि आकस्मिक अवतरण गराई यात्रुलाई सुरक्षित विमानबाट निकालिएको थियो।

मे महिनामा भारतमा नै अर्को एक विमानको ‘सफ्टवेयरमा आक्रमण गर्ने’ प्रयास भएको भन्दै निम्न भाडादर भएको स्पाइसजेट कम्पनीका विमानहरूको उडान अवरूद्ध भएको र यसका कारण हजारौँ हवाई यात्रुहरू विमानस्थलमा अलपत्र पर्नुपरेको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .