ग्लोबल


युक्रेनका पूर्वराष्ट्रपति पोरोशेन्कोलाई देश छोड्न रोक

युक्रेनका पूर्वराष्ट्रपति पोरोशेन्कोलाई देश छोड्न रोक

नेपालखबर
जेठ १५, २०७९ आइतबार ७:४५, काठमाडौँ

युक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन्। उनले शनिबार रुसले आक्रमण सुरु गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप पनि लगाएका छन्। 

सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा आफ्नो दलको धारणा राख्न पटक पटक सार्वजनिक हुँदै आएका छन्। 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ दलपछि ठूलो उनको यूरोपेली सोलिडारिटी पार्टी युक्रेनको संसदमा दोस्रो ठूलो दल हो।  

रुसले आक्रमण गरेपछि युक्रेनको संसद्ले धेरै रूसी समर्थक दलमा प्रतिबन्ध लगाएको छ भने अरूलाई अझै पनि तथाकथित राजनैतिक युद्धविरामको सीमामा रहेर गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ। यसले सबै युक्रेनी दलले युद्धको विरूद्ध एकजुट हुन घरेलु राजनैतिक असहमति पन्छाएर अघि बढेका छन्।

पोरोशेन्कोको कार्यालयले सरकारले रूसविरूद्धको ऐक्यबद्धता जनाउन भएको सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै उनलाई ‘युक्रेनी सीमा पार गर्न दिन अस्वीकार गरिएको बताएको छ। “यो निर्णयबाट अधिकारीले युद्धकालमा लागू रहेको ‘राजनीतिक युद्धविराम’ भङ्ग गर्ने खतरा भएको छ।”

”रूसी आक्रमणको सामना गर्नुपर्दा राष्ट्रिय एकताको एउटा बलियो आधार रूसविरूद्धको युद्धमा घरेलु ऐक्यबद्धता थियो तर सरकारबाट यो भङ्ग गरिएको छ,”  उनको कार्यालयले भनेको छ। 

पोरोशेन्कोले युक्रेनी प्रतिनिधिमण्डल नेतृत्व गर्दै लिथुआनियामा भएको नेटो संसदीय सभाको बैठकमा सहभागिता जनाउन जानुपर्ने थियो र सरकारबाट यस पहिले यात्रा गर्ने अनुमति प्राप्त गरेका थिए। यद्यपि पछिल्लो कदमले उनको त्यहाँ सहभागिता हुने सम्भावनालाई अन्त्य गरिदिएको छ। 

उनले लिथुआनियाका राष्ट्रपति गितानास नौसिदा र यूरोपेली संसदका एक समूहसँग भिल्नियसमा भेटवार्ता गर्न लागेका थिए। त्यसपछि उनले यूरोपेली राजनैतिक दलहरूका नेतृत्वलाई एक ठाउमा भेला गर्ने शिखर सम्मेलनको लागि नेदरल्याण्ड्सको रोटरड्याम जाने कार्यक्रम थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .