हुन्डी कारोबारमा संलग्न आरोपमा एनआरएनए कोरियाका कोषाध्यक्षलाई पक्राउ गरी नेपाल पठाइएको छ।
दक्षिण कोरियाली राजधानी नजिकैको तोंदेमुनमा १ महिनाअघि पक्राउ परेका आलोक बानियाँलाई कोरियाली सरकारले नेपाल पठाएको हो। नेपाली कामदारसँग अवैध रुपमा रकम उठाएर नेपाल लगिदिने कार्यमा संलग्न रहेकाले उनी पक्राउ परेको बताइएको छ।
कोरियामा दश वर्षअघिदेखि रहँदै आएका बानियाँले अन्य नेपालीसँग मिलेर हुन्डी कारोबार गर्ने गरेका थिए। वैधानिक रुपमा पैसा नपठाई सिधै व्यक्तिलाई पठाउँदा कतिपय नेपालीले पैसा नै गुमाउने गरेका छन्। कोरियामा नेपाली कामदारहरु उल्लेख्य मात्रामा लगेका छन्। सरकारले ईपीएस प्रणालीबाट कोरियामा वर्षेनी कामदार पठाउँदै आएको छ।
त्यहाँ काम गर्ने नेपाली युवाले राम्रै पैसा आम्दानी गर्ने गरे पनि अधिकांश रकम हुन्डीबाटै नेपाल भित्रिने गरेको छ।
प्रतिक्रिया