छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको तेस्रो लहर महामारीतर्फ बढिरहेको छ।
त्यसलाई पुष्टि गर्दै पछिल्लो २४ घण्टामा देशभर तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित थपिएका छन्।
तर भारतमा शुक्रबारको तुलनामा शनिबार नौ हजार ५५० सङ्क्रमित घटेका छन्।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ २१ लाख १३ हजार ३६५ सक्रिय सङ्क्रमित छन्।
भारतमा पछिल्लो २४ घण्टामा जम्मा दुई लाख ४२ हजार ६७६ जना निको भएका छन्।
भारतमा चार लाख ८८ हजार ८८४ जनाको कोरोनाबाट मृत्यु भएको छ। भारतमा पछिल्लो २४ घण्टायता ४८८ जनाले ज्यान गुमाएका छन्।
भारतमा हालसम्म तीन करोड ६३ लाख एक हजार ४८२ संक्रमणमुक्त भएका छन्।
57
Shares
प्रतिक्रिया