बेङ्गलुरु एयरपोर्टबाट एकसाथ उडान भरेका इन्डिगो एयरलाइन्सका दुई जहाज केही सेकेण्डले आकाशमै ठोकिनबाट जोगिएका छन्।
करिब ३ हजार फिटमाथि उडिरहेका यी दुई जहाजलाई रडार कन्ट्रोलरका कारण दुर्घटना हुनबाट जोगाइएको छ।
यो घटना ७ जनवरीको हो। तर यसको खुलासा बुधबार भएको समाचार भारतीय सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन्।
समाचार अनुसार इन्डिगोको उडान नम्बर ६ ई-४५५ ले बेङ्गलुरुबाट कोलकाता र उडान नम्बर ६ ई २४६ ले बेङ्गलुरुबाट भुवनेश्वरका लागि एक साथ उडान भरेका थिए।
दुवै जहाजले अगल बगलका रनवेबाट एकै दिशामा उडान भरेका थिए। उडानका क्रममा दुवै जहाज एक दोस्रोको एकदमै नजिक आएका थिए।
दुवै विमान त्यसबेला ३ हजार फिटको उचाईमा थिए। एयरबस ३२० मोडलका यी जहाजमा ४ सयभन्दा धेरै यात्रु सवार थिए।
डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएशन (डीजीसीए) ले आफ्नो सुरुवाती जाँच रिपोर्टमा हावामा विमानलाई जुध्नबाट जोगाउन रडार कन्ट्रोलर लोकेंद्र सिंहले आफ्नो दिशा बदल्न निर्देशन दिएका थिए।
समाचार अनुसार एयरपोर्ट अथोरिटी अफ इन्डिया (एएटी) ले यस गडबडीको रिपोर्ट अर्थात ब्रिच अफ सेपरेशन रिपोर्ट गरेको छैन।
यो घटना कुनै लगबुकका पनि दर्ता गरिएको छैन। ब्रिच फ सेपरेशनको अर्थ जब दुई विमान हावा आवश्यकता भन्दा धेरै नजिक आउनुलाई भनिन्छ।
Shares
प्रतिक्रिया