ग्लोबल


अफगानिस्तानमा बम विस्फोट अपडेट : १५ जनाको मृत्यु, ३४ घाइते

अफगानिस्तानमा बम विस्फोट अपडेट : १५ जनाको मृत्यु, ३४ घाइते

नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १७:४, काठमाडौँ

अफगानिस्तानको राजधानी काबुलस्थित सैन्य अस्पतालनजिक मंगलबार अपराह्न दुईवटा बम विस्फोट गराइएको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानसँग सम्बन्धित सुरक्षा अधिकारीले विस्फोटमा १५ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएकाे बताएका छन्। 

तालिबानका एक प्रवक्ताका अनुसार पहिलो विस्फोट सरदार दाउद खान अस्पतालअगाडि भएको हो। अर्काे विस्फोट पनि त्यही क्षेत्रमा भएको उनले बताएका छन्। 

केही प्रत्यक्षदर्शीले त्यहाँ गोली चलेको आवाज पनि सुनिएको बताउका छन्। अस्पतालका कर्मचारीले भित्र लडाइँ भइरहेको जानकारी दिएका छन्।

अस्पतालका एक डाक्टरले एएफपी समाचार संस्थासँग भनेका छन्, ‘म अस्पताल भित्र छु। मैले ठूलो विस्फोटको आवाज सुनेको छु। हामीलाई सुरक्षित कोठामा जान भनिएको छ। अहिले पनि बन्दुक पड्केको आवाज आइरहेको छ।’

तालिबान सरकारको आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सइद खोस्ती विस्फोट भएको ठाउँमा पुगेका छन्। उनले यसबारे विस्तृत जानकारी पछि दिइने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad