ad ad

ग्लोबल


मालीमा आतंककारी हमला, कम्तीमा १६ सैनिकको मृत्यु

मालीमा आतंककारी हमला, कम्तीमा १६ सैनिकको मृत्यु

नेपालखबर
असोज २३, २०७८ शनिबार ५:३०, काठमाडौँ

मालीमा भएको आतंककारी आक्रमणमा परेर कम्तीमा पनि सोह्र जना सैनिक मारिएका छन्। मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो। 

मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि नै हमला गरेका थिए। मालीको सेनाले आक्रमणमा परेर अन्य नौजना सेना पनि घाइते भएका जनाएको छ। 

मध्य मालीको बान्डिगारामा सडकमा सेना गस्तीमा हिँडिरहेको बेला आतंककारीहरुले हमला गरेका थिए। बुधबार मालीको राष्टिय सेनाले प्रकाशन गरेको विज्ञप्तिमा आतंककारीहरुले गरेको हमलामा परेर ११ जना सेना र १५ जना आतंककारी मारिएको जनाएको थियो। 

सो आक्रमणका क्रममा घाइते भएकाहरुको बिहीबार निधन भएको हो। सेनाले सो हमला निकै शक्तिशाली र घातक रहेको भन्दै आक्रमणबाट मारिनको संख्या अझ बढ्न सक्ने जनाएको छ। घटनामा घाइते भएका अन्य केहीको अवस्था गम्भीर छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .