ad ad

रोचक


अमेरिकाको वासिङ्टनमा नारा ‘खोप लगाउनुस् गाँजा उपहार लैजानुस्’

अमेरिकाको वासिङ्टनमा नारा ‘खोप लगाउनुस् गाँजा उपहार लैजानुस्’

नेपालखबर
जेठ २६, २०७८ बुधबार ७:३४,

वैज्ञानिकहरुका अनुसार खोप लगाएको खण्डमा मात्र मानिसहरु यस भाइरसबाट सुरक्षित रहन सक्छन्।

खोप लगाएका मानिसमा पनि कोरोना भाइरस त देखिएको तर त्यो विरलै हुने घटना हुन्।

यसबीचमा अमेरिकी राज्यहरुले आफ्ना राज्यका सत प्रतिशत नागरिकले खोप लगाउन भनेर आकर्षक उपहारको कार्यक्रमहरु संचालन गरिरहेका छन्।

वासिङ्टननले पनि कोरोनाविरुद्धको खोप लगाउने मानिसहरुलाई उपहार दिने बताएको छ।

न्युयोर्क टाइम्सका अनुसार वासिङ्टन राज्यले कोरोनाविरूद्धको खोप लगाउने २१ वर्ष माथिका आफ्ना नागरिकलाई एक खिल्ली गाँजा उपहार दिने घोषणा गरेको छ।

सोमबार मात्र घोषण भएको कार्यक्रम ‘जोइन्ट्स फर ज्याब्स’ अनुसार खोप लगाउने मानिसलाई गाँजा उपहार दिने प्रावधान ल्याइएको हो।

वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन्। यस्तै दुवै डोप खोप लगाउनेहरू ४९ प्रतिशत छन्।

अधिकारीहरुका अनुसार खोप लगाएबापत् गाँजा उपहार पाउन सकिने यस कार्यक्रम जुलाई १२ सम्म लागू हुनेछ।

यसअघि अन्य राज्यमा पनि खोप लगाउन प्रेरित गर्ने हेतुले खोप लगाउने व्यक्तिलाई निशुल्क बियर, सय डलर तथा गाँजा प्रस्ताव गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .