ad ad

रोचक


मान्छेजति क्वारेन्टिनमा बसेपछि ड्रोनले घुमायो कुकुर (भिडियो)

मान्छेजति क्वारेन्टिनमा बसेपछि ड्रोनले घुमायो कुकुर (भिडियो)

नेपालखबर
चैत १०, २०७६ सोमबार १०:४३,

कोरोनाले सोमबारसम्म ३ लाख ४० हजारभन्दा बढी बिरामी परेका छन्। यसबाट १४ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

दैनिक कोरोना संक्रमित र मृतक बढ्दै गएपछि विश्वका कयौं मुलुकहरुले आफ्ना देशका मुख्य शहरहरु ठप्प पारेका छन्।

मानिसहरुलाई घरमै क्वारेन्टिनको नियम पालना गर्न भनिएको छ। सवारी साधन, उद्योग धन्दा सबै ठप्प भएको अवस्थामा साइप्रसको एक भिडियो सार्वजनिक भएको छ।

उक्त भिडियोमा घरमै बसेर एक व्यक्तिले ड्रोनको सहायतामा कुकुरलाई डुलाएको देखिएको छ।

शहर नै ठप्प भएको अवस्थामा कुकुरलाई ड्रोनको सहयोगमा डुलाएको भिडियो सार्वजनिक भएपछि यस भिडियो निकै भाइरल बनेको छ।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .