नोबल कोरोना भाइरसले हालसम्म ९ सय १० जनाको ज्यान लिइसक्दा चीनमा मात्रै ९ सय ८ को ज्यान गएको छ।
कोरोनाको संक्रमण चीनमा झन्डै ४० हजारमा देखिएको छ। अन्य देशहरुमा ४ सय ४० जना संक्रमित छन्।
चीनमा कोरोनाबाट दैनिक सयौं संक्रमित बनिरहेका छन्। यसबीचमा चीनका एक जोडीले कोरोनाको संक्रमण नहोस् भनेर दुई मिनेटमै विवाह सम्पन्न गरेका छन्।
चीनको पूर्वी क्षेत्र सानदोङका झाङ लङ र चेन साओले दुई मिनेटमै विवाह गरेको सिन्ह्वाले जनाएको छ।
गत बिहीबार उक्त विवाह सम्पन्न भएको हो। उक्त विवाहमा मात्र ६ जना उपस्थित थिए। विवाहमा बेहुला र बेहुलीको आमाबुबा र फोटोग्राफर मात्र उपस्थित भएको जनाइएको छ।
विवाहमा उपस्थित सबैले विवाहको प्रक्रिया भर मास्क लगाएका थिए।
यतिबेला चीनमा यस विवाहको निकै चर्चा भइरहेको छ। मानिसहरुले कोरोनाबाट बच्ने हो भने संक्रमणको समयमा यस्तै उदाहरणीय विवाह गर्नुपर्ने बताइरहेका छन्।
प्रतिक्रिया