नेमारले खेलमा स्किल देखाकएकै कारण पहेँलो कार्ड पाएपछि यस विषयले यतिबेला बहस खडा गरेको छ।
सामाजिक सन्जालमा पहेँलो कार्ड दिने रेफ्रीको चर्को विरोध भएको छ। उक्त खेलमा पीएसजीले मोन्टेपिलरलाई ५–० ले पराजित गरेको थियो।
खेलको ३७औं मिनेटमा नेमारले विपक्षी दुई डिफेन्डरलाई स्किल मार्फत् छलाउँदै बल अगाडि बढाउने प्रयास गर्दा रेफ्रीले नेमारको त्यो स्किलमा असमहति जनाउँदै पहेँलोकार्ड देखाएका थिए।
(भिडियो)
नेमारले के का लागि पहेँलो कार्ड देखाएको भनेर प्रश्न समेत गरेका थिए। यद्यपी रेफ्रीले प्रश्न नगर्न नेमारलाई भनेका थिए।
यस घटनाको भिडियो निकै भाइरल बनेको छ। नेमारले उक्त खेलपछि रेफ्रीको निर्णयप्रति व्यंग्य गर्दै आफूले मात्र फुटबल खेल्न चाहेको इन्स्टाग्राममा बताएका छन्।
नेमारको इन्स्टामा रेफ्रीको विरोध भइरहेको छ। केहीले ती रेफ्रीलाई फुटबलमा प्रतिबन्ध लगाउनु पर्ने बताइरहेका छन्।
केहीले नेमारले स्किलको नाममा नाटक गरेको आरोप पनि लगाएका छन्।
A post shared by ene10ta Érre ?? ? neymarjr (@neymarjr) on
@Ligue1_ENG This is insane! Neymar is probably the most skilled player of our generation and he gets a yellow card for trying to get past 2 defenders using his skills? This is why your league is trash! That referee should be banned FOR LIFE! pic.twitter.com/JlSko8TPbg
— Maurinho (@maurinhobarcelo) February 3, 2020
प्रतिक्रिया