ad ad

रोचक


मेकअप गरेकी महिलालाई आफ्नै छोराले चिनेनन्, रुँदै सोधे - मेरी आमा खोई ?

मेकअप गरेकी महिलालाई आफ्नै छोराले चिनेनन्, रुँदै सोधे -  मेरी आमा खोई ?

नेपालखबर
जेठ १७, २०८० बुधबार ८:५३, काठमाडौँ

मेकअपले अनुहारलाई सुन्दर बनाउँछ। नयाँ पुस्ता फेसन, मेकअप र हेयर स्टाइलमा निकै सचेत र लालायित देखिन्छन्। यसले व्यक्तित्व पनि राम्रो देखाउँछ।

तर कहिले कसो भने मेकअप गरेपछि व्यक्तिको अनुहार पनि चिन्न मुस्किल पर्न सक्छ। यस्तै एक घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। घटना छिमेकी देश भारतको हो।

भिडि‌ओमा देख्न सकिन्छ- एक मेकअप गरेकी महिला छोराकहाँ जान्छिन्। तर बच्चा आमालाई नचिनेको जस्तो गरी चर्को स्वरले रुन थाल्छन्।

बच्चाको रोएको निर्दोष र मासुम अनुहार सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जहाँ बच्चाले आफ्नै आमाालाई चिन्न अस्वीकार गरेका छन्।

visagesalon1 इन्स्टाग्राम आइडीमा उक्त भिडिओ‌ ती महिलाले 'आमा छोराको प्यारो भिडिओ' भनेर शेयर गरेकी छन्।

उक्त भिडिओमा एउटी महिला मेकअप गरेर तयार हुँदैछिन्, उनको छेउमा बसेको बच्चा चर्को स्वरले रोइरहेका छन्। उनी रुँदै सोधिरहेका छन्- आमा कहाँ छिन्?

महिला भन्छिन्, 'म नै आमा हुँ।' तर बच्चा उक्त सत्य स्वीकार गर्न तयार छैनन्। त्यहाँ कोही अरुले पनि बच्चालाई ती महिला नै आमा भएको भनिरहेको छ, तर बच्चा 'होइन' भनेर रोइरहेको देख्न सकिन्छ।

महिलाले भन्छिन्, 'म तिम्री आमा हुँ।' तर छोराले उक्त कुरा पत्याउँदैनन् र त्यहाँबाट भाग्छन्। जब ती महिला नजिक गएर छोराको छेउमा बस्छिन् र उसलाई काखमा लिन्छिन्, तब पनि बच्चा कुनै अपरिचित ठानेर रोइरहन्छन्।

आमा छोराको उक्त भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। प्रयोगकर्ताले भिडिओ‌मा रमाइलो कमेन्ट गरिरहेका छन्

एक प्रयोगकर्ताले जिस्किँदै लेखेका छन्, ‘अनुहारमा पानीको गिलास फाल्नुहोस, अब चिनिन्छ।'

भिडिओ
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .