ad ad

रोचक


ओलम्पिक स्वर्ण विजेता जसले कुरुस चलाएर पनि सबैको मन जिते

ओलम्पिक स्वर्ण विजेता जसले कुरुस चलाएर पनि सबैको मन जिते

टम डेली


नेपालखबर
साउन २१, २०७८ बिहिबार १४:१०, काठमाडौँ

जापानमा जारी टोक्यो ओलम्पिकमा बेलायती टम डेलीले गतहप्ता पुरुष सिंक्रोनाइज १० मिटर डाइभ विधामा सहकर्मी म्याटी लीसँगै स्वर्णपदक हात पारे।

स्वर्ण जितेसँगै उनी बेलायतमा चर्चित बने। टमले यसअघि यही विधामा सन् २०१२ र २०१६ को ओलम्पिकमा काँस्य पदक हात पारेका थिए।

खेलाडी प्राय खेलकै कारण चर्चामा आउने गर्दछन्। टम भने यसपटक स्वर्ण जितेकाले अथवा खेलका कारणले भन्दा पनि बढी अर्कै विषयले चर्चित बने।

Inspired by Tom Daley's knitting skills at the Olympics? The best knitting  and crochet kits for beginners | HELLO!

कुरुस चलानसक्ने कलाका कारण उनले यतिबेला प्रशंसा बटुलिरहेका हुन्। बेलायती खेलाडी उनी यसपटक धेरैपटक टेलिभिजनमा कुरुस चलाउँदै गएको फेला परे।

उनले आफ्नो खेल नभएको बेला र आफ्नो देशको खेलाडीले प्रतिस्पर्धा नगरेको मौका छोपी दर्शकदिर्घामै बसेर खेल हेर्दै कुरुस चलाउँथे र आफूलाई मनपर्ने कुरा सिउँथे।

उनले टोक्यो ओलम्पिकमै स्विटर, ह्याट, झण्डा, रुमालहरु बनाएको बताइएको छ। धेरैपटक टेलिभिजनका कमेन्टेटरले उनको यो कौशलको प्रशंसा गरिएको पनि सुनिएको छ।

No description available.

उनले जब गत सोमबार सिंक्रोनाइज डाइभमा स्वर्ण जितेका थिए उनले त्यसबेला आफ्नो पदक देखाउँदै सामाजिक संजालमा टोकियो र बेलायतको झंडा अंकित सानो मेडल केस पनि देखाएका थिए। 

उनले ओलम्पिक अवधिमै त्यो मेडल केस बनाएका थिए। उनले सोही मेडल केसमा आफ्नो स्वर्ण पदक राख्ने पनि बताएका छन्। बीबीसीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .