ad ad

कला


अन्ततः अमेरिकन आइडल जित्ने अर्थर गनको सपना भयो अधुरो, टप ७ बाटै बाहिरिए

अन्ततः अमेरिकन आइडल जित्ने अर्थर गनको सपना भयो अधुरो, टप ७ बाटै बाहिरिए

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १२:१९,

दिवेश अमेरिकन आइडलको शीर्ष पाँचमा पुग्न असफल भएका हुन्।

सोमबार मदर्स डेको दिन अर्थरले अमेरिकन आइडलमा आफ्नो आमालाई समर्पण गर्दै ‘सिम्पल म्यान’ बोलको गीत गाएका थिए।

उनको गीतको तीनै निर्णायकले प्रशंसा गरेका थिए। तर लगातार दोस्रो सिजन अमेरिकन आइडलको टप सेभेनमा पुगेका उनी भोटिङका आधारमा बाहिरिएको द सनले उल्लेख गरेको छ।

यसअघि गतवर्षको १८ औं सिजनमा दिवेश अमेरिकन आइडलको उपविजेता बनेका थिए।

यसपटक आइडलकै आग्रहमा दिवेश फेरि यस गायन प्रतिस्पर्धामा सहभागी भएका थिए। उनको पुनः आगमनले नेपालीहरु खुशी भएतापनि अमेरिकी दर्शकहरु भने निराश बनेका थिए।

उनीहरुले अर्थर लगायत १० प्रतिस्पर्धीलाई कार्यक्रममा टप टेनको लागि एकैपटक प्रतिस्पर्धा गराउँदा अन्य प्रतिस्पर्धी मारमा परेको बताएका थिए।

कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको भन्दै गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिने अभिप्रायका साथ यस सिजनमा पनि स्थान दिएको थियो।

१० प्रतिस्पर्धीले टप १० मा पुग्न प्रतिस्पर्धा गर्दा दिवेश भोटको आधारमा टप टेनमा पुगेका थिए।

दिवेश पोखरेल यो प्रतिस्पर्धामा खरो उत्रँदै फेरि टप ७ मा पुगेका थिए। तर त्यसपछि भने उनी अगाडि बढ्न नसकेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .