ad ad

कला


टप सेभेनमा पुगेका अर्थर गनले अमेरिकन आइडलमा दिए धमाकेदार प्रस्तुती (भिडिओ)

टप सेभेनमा पुगेका अर्थर गनले अमेरिकन आइडलमा दिए धमाकेदार प्रस्तुती (भिडिओ)

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ७:५५,

मदर्स डेको दिन अर्थरले अमेरिकन आइडलमा आफ्नो आमालाई समर्पण गर्दै ‘सिम्पल म्यान’ बोलको गीत गाएका हुन्।

उनको गीतको तीनै निर्णायकले प्रशंसा गरेका थिए। लगातार दोस्रो सिजन दिवेश अमेरिकन आइडलको टप सेभेनमा पुगेका हुन्।

यसअघि गतवर्षको १८ औं सिजनमा दिवेश अमेरिकन आइडलको उपविजेता नै बनेका थिए।

यसपटक आइडलकै आग्रहमा दिवेश फेरि यस गायन प्रतिस्पर्धामा सहभागी भएका हुन्।

People! Don’t forget to watch @americanidol tonight on @abcnetwork. #coldplaynight #mothersday

Posted by Arthur Gunn on Sunday, May 9, 2021

कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको भन्दै गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिने अभिप्रायका साथ यस सिजनमा पनि स्थान दिएको थियो।

१० प्रतिस्पर्धीले टप १० मा पुग्न प्रतिस्पर्धा गर्दा दिवेश भोटको आधारमा टप टेन पुगेका थिए।

दिवेश पोखरेल यो प्रतिस्पर्धामा खरो उत्रँदै फेरि टप ७ मा पुगेका हुन्। दिवेशले आफूलाई अघिल्लो चरणमा पुर्याउन भोट पनि मागेका छन्।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .