भारतीय संचारमाध्यमले एश्वेर्या राय बच्चनजस्तै देखिने पाकिस्तानी आमना इमरानबारे प्राथमिकताका साथ समाचारहरु बनाएका छन्।
टिकटक तथा इन्स्टाग्राममा उनका तस्बिर र भिडियोहरु यतिबेला निकै भाइरल बनिरहेका छन्।
एश्वेर्या रायजस्तै देखिएपछि उनको भिडियो तथा फोटोहरुमा लाइक र कमेन्ट बढ्दै गएको छ।
सामाजिक संजालमा सेलिब्रिटीजस्तै देखिने मानिसहरु थुप्रै भेटिन्छन् तर आमना इमरानलाई सबैले उनी ठ्याक्कै एश्वेर्याजस्तै देखिरहेको बताइरहेका छन्।

प्रतिक्रिया