फिल्म ‘किन लाग्छ माया’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी चैत्र ६ गतेबाट नेपालसहित संसारभर एकैसाथ रिलिज हुँदैछ।
निर्माणटिमले फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। फस्टलुक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ ।
यो फिल्म एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माणमा बनेको हो। सन्जीत भण्डारी र मोनु खड्का निर्माता रहेको फिल्मलाई कुवेर तामाङको निर्देशन रहेको छ।
यस सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पवित्रा साकी, हिउबाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की , गीता अधिकारी,निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, बिनोद ढकाल, रामकाजी घिमिरे, रबिन्द्र खड्का लगायतको अभिनय छ। बाल कलाकारमा आराध्या राज्यलक्ष्मी बीसी, विनायक सुनुवार र सुरित पूढासैनीको फिल्ममा अभिनय छ । म्यूजिक भिडियोमा निरन्तर रुपमा काम गर्दै आएका कलाकार सेडो रियल यो फिल्मबाट डेब्यू गर्दैछन्।
फिल्मको कथा सेडो रियलकै अवधारणामा आधारित छ भने फिल्मकोे पटकथा र संवाद रामकाजी घिमिरेले तयार पारेका छन्। यस फिल्मले दाजुभाइबीचको मित्रता, एक-अर्काप्रतिको जिम्मेवारी, त्याग, र विवाहपछि श्रीमान–श्रीमतीबीच विकसित हुने प्रेमलाई बताउनेछ।
Shares

प्रतिक्रिया