कला


आदिवासी जनजाति दिवस: पालुङटारमा सांस्कृतिक र्‍याली

आदिवासी जनजाति दिवस: पालुङटारमा सांस्कृतिक र्‍याली

नेपालखबर
साउन २५, २०८२ आइतबार ८:२६, गाेरखा

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखाको पालुङटार नगरपालिका–५ ठाँटीपोखरीमा आयोजित सांस्कृति कार्यक्रममा सहभागी भएका छन्। 

पूर्व गृहमन्त्रीसमेत रहेका श्रेष्ठ ३१औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा आयोजित विविध सांस्कृतिक कार्यक्रममा सहभागी भएका हुन्।

नेपाल आदिवासी जनजाति महासंघ, पालुङटार नगर समन्वय परिषद् गोरखाको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले परम्परागत भेषभूषा, नाचगान र सांस्कृतिक झाँकीमार्फत आफ्ना भाषा, संस्कृति र पहिचानको प्रदर्शन गरेका थिए। 

कार्यक्रमले स्थानीय समुदायमा ऐक्यबद्धता र सांस्कृतिक गौरवको सन्देश दिएको परिषद्ले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad