कला


साउथमा पनि ‘सैयारा’ क्रेज, फिल्म हेरेपछि महेश बाबुले गरे प्रशंसा

साउथमा पनि ‘सैयारा’ क्रेज, फिल्म हेरेपछि महेश बाबुले गरे प्रशंसा

नेपालखबर
साउन ४, २०८२ आइतबार १५:४६, काठमाडौँ

रोमान्टिक म्युजिक बलिउड फिल्म ‘सैयारा’ धेरै पैसा कमाउने मात्र होइन, दर्शकबाट प्रशंसा पनि बटुलिरहेको छ। अहान पाण्डे र अनित पड्डाले आफ्नो अभिनयबाट बलियो छाप छोडेका छन्। त्यसैले त उनीहरूको प्रशंसा गर्नबाट कोही पनि आफूलाई रोक्न सकिरहेका छैनन्। बलिउडसहित साउथ इन्डस्ट्रीमा पनि सैयाराको क्रेज देखिएको छ।

हालै, दक्षिण सिनेमाका सुपरस्टार महेश बाबुले मोहित सुरीको निर्देशनमा बनेको फिल्म ‘सैयारा’ हेरेर प्रशंसा गरेका छन्। महेश बाबुले एक्समा सैयाराको रिभ्यु सेयर गर्दै लेखेका छन्, ‘सैयारा टोलीलाई सलाम। कस्तो उत्कृष्ट फिल्म, इमान्दार कथा कथन, उत्कृष्ट प्रदर्शन र अर्को स्तरको कार्यान्वयन सहित। अहान पाण्डे र अनिता पड्डालाई आफ्नो पात्रलाई यति सहजताका साथ बाँच्नको लागि धेरै धेरै माया। सबै माया पाइरहनको लागि यो फिल्म हकदार छ।’

यस फिल्मले फिल्मले बक्स अफिसमा उत्कृष्ट सुरुवात गरेको छ। सन् २०२५ को सर्वाधिक कमाई गर्ने चलचित्रहरूको सूचीमा समावेश हुने नजिक पुगेको छ। चलचित्रले पहिलो दिन २१ करोड भारतीय रुपैयाँको रेकर्ड तोड्ने कमाई गरेको छ, जुन नयाँ कलाकारहरू भएको चलचित्रको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ हो।

यशराज फिल्म्सद्वारा निर्मित यस चलचित्रले दोस्रो दिन पनि आफ्नो वर्चस्व कायम राख्यो। कुल २४ करोड रुपैयाँ कमाई गर्‍यो। भारतमा मात्रै दुई दिनमा ४५ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad