कला


विष्णुको स्टाटसपछि एलिनाको जवाफ- अब म चुप लाग्दिनँ, न्यायका लागि अगाडि बढ्नेछु

विष्णुको स्टाटसपछि एलिनाको जवाफ- अब म चुप लाग्दिनँ, न्यायका लागि अगाडि बढ्नेछु

नेपालखबर
साउन २, २०८२ शुक्रबार १९:५७, काठमाडौँ

गायिका एलिना चौहानले आफ्नो वैवाहिक सम्बन्धलगायतका विषयमा भएका विवादको कुरा सम्बन्ध विच्छेद भएकै दिन सकिए पनि समाजकै दबाब तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण उठान भएको भन्दै प्रष्टीकरण दिएकी छन्। आज मात्रै उनका पूर्वश्रीमान् विष्णु सापकोटाले आफूसँग जोडेर विभिन्न आरोपहरू लगाउने गरेको भन्दै अस्ट्रेलियामै कानुनी उपचारको प्रक्रिया सुरु गरेको बताएका थिए। 

त्यसलगत्तै एलिनाले अहिले दोहोरिएर उही कुरा आएपछि आफ्नो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गरेको बताएकी हुन्।  

'हामी बीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो। तर समाजकै दबाब, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्‍याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्‍यो,' उनले भनेकी छन्, 'म कानुनी प्रक्रियामा जान बाध्य भएँ। म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ। मैले मेरो विगत खोल्नुपर्‍यो- त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन।
त्यो सम्बन्धसँग मेरो कुनै दुस्मनी थिएन, न कुनै बदला लिने सोच।'

उनले आफ्नो भोगाइहरू सुनाउँदा किन अहिले प्रश्न गरिएको भन्दै प्रश्ननै सोधेकी छन्।  उनले देश र समाज पुरुषप्रधान सोचमा जगडिएको भन्दै सत्य बोल्नेलाई अपराधी बनाउने गरिएको टिप्पणी गरेकी छन्।  

'स्पष्ट भन्न चाहन्छु- यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन। यो लडाइँ हो त्यस मानसिकतासँग, जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ। जसले पीडितलाई नै कठघरामा उभ्याउँछ। जब मैले आफ्ना भोगाइहरू सुनाएँ, म माथि फेरि प्रश्नहरू उठाइए ‘किन अहिले?’, ‘किन फेरि?’, उनले थप भनेकी छन्, 'तर मलाई थाहा छ यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ। यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ। तर अब म चुप लाग्दिनँ। अब यो केबल मेरो न्यायको लडाइँ होइन। यो हरेक नेपाली चेलीको आवाज हो। म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायका लागि अगाडि बढ्नेछु। किनकि म एक्लो भए पनि, सत्य मेरो साथमा छ।' 

उनले यससँगै ९ जुन २०२४ मा स्कृनसर्ट गरेको उदास तस्बिर पनि पोस्ट गरेकी छन्। तस्बिरमा अनुहारमा विभिन्न डाम देख्न सकिन्छ भने उनी बिरामी जस्तो देखिन्छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad