कला


इटालीको फेस्टिभलमा ‘आँखा’ उत्कृष्ट घोषित, स्मिता बनिन् उत्कृष्ट अभिनेत्री

इटालीको फेस्टिभलमा ‘आँखा’ उत्कृष्ट घोषित, स्मिता बनिन् उत्कृष्ट अभिनेत्री

नेपालखबर
असार १७, २०८२ मंगलबार १७:१८, काठमाडौँ

इटालीको प्रतिष्ठित २९औँ अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट्स फेस्टिभल (आईपीएएएफ) जौन योञ्जन निर्देशित फिल्म ‘आँखा’ ले दुइटा अवार्ड जितेको छ। यस फिल्मले उत्कृष्ट फिल्मसहित उत्कृष्ट अभिनेत्रीको विधामा अवार्ड जितेको हो। 

निर्देशक योन्जनले आयोजकले इमेल सहित इभेन्टका लागि निम्तो दिएको जानकारी दिए। फिल्मकी मुख्य पात्र अभिनेत्री स्मिता लामिछाने उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा गौरान्वित भएको बताइन्।

‘यो फिल्मका लागि म र हाम्रो टिमले गरेको कठिन मेहेनतको परिणाम मिलेको छ,’ ले उनले भनिन्। 

आईपीएएएफको भव्य फेस्टिभलसहितको अवार्ड कार्यक्रम १४ सेप्टेम्बरमा इटालीको बिर्गामो सहरमा हुँदैछ। यसअघि नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा नेसनल फिल्म प्रतिस्पर्धाको विधामा ‘आँखा’ उत्कृष्ट कथानकसहित तीन‌विधामा अवार्ड उचालेको थियो। 

गतवर्ष असोज ११ मा रिलिज भएपनि यो फिल्म बाढी पहिरोका कारण व्यापारमा असर परेको थियो। फिल्मका निर्देशक योन्जनको अर्को फिल्म ‘म राजेश हमाल’ रिलिजको तयारीमा छ। उक्त फिल्ममा पनि स्मिताको मुख्य अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad