कला


सहकारीपीडितको कथा बोल्ने फिल्म ‘महाभोज’ रिलिज

सहकारीपीडितको कथा बोल्ने फिल्म ‘महाभोज’ रिलिज

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार ९:२१, काठमाडौँ

फिल्म ‘महाभोज’ आज जेठ ३० देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। 

दिनेश राउत निर्देशित यस चलचित्रले करिब २०० शोसहित सार्वजनिक प्रदर्शन सुरुवात गरेको हो।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

काठमाडौँमा केही दिनअघि प्रिमियर भइसकेको महाभोजको टोलीले हालै पोखरा र बुटवलमा पनि विशेष शो आयोजना गरेको थियो।

यसै क्रममा बिहीबार एकै दिन विराटनगर र धरानमा पनि भव्य प्रिमियर शो सम्पन्न गरिएका छन्।

जसमा दर्शकले निकै उत्साह देखाएका छन्।

हाल चलचित्रको स्वतन्त्र समीक्षा र दर्शक प्रतिक्रियालाई महत्त्व दिने प्रचलन बढिरहेका बेला यस फिल्मले व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

यसले गर्दा चलचित्रले दर्शकको मौखिक प्रचार मार्फत निकै राम्रो दर्शक पाउने निश्चित देखिएको छ।

काठमाडौँ उपत्यका बाहिरका प्रिमियर शोमा कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतका साथै निर्देशक दिनेश राउत पनि उपस्थित थिए।

चलचित्र युनिटले प्रिमियरबाट प्राप्त दर्शकको प्रतिक्रियाले आफूहरू निकै उत्साहित भएको बताएको छ।

प्रिमियर शोहरूमा समाजका प्रतिष्ठित व्यक्ति, पत्रकार र केही सहकारीपीडित पनि सहभागी थिए।

विशेष गरी सहकारी पीडितहरूले यो चलचित्र सबैले हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया दिएका छन्।

उनीहरूले चलचित्रले यथार्थपरक चित्रण गरेको र न्यायका लागि आवाज उठाउन प्रेरित गर्ने बताए।

अन्य दर्शकले भने चलचित्रले मनोरञ्जनका साथै आम नेपालीलाई ठुलो चेतना दिएको बताएका छन्।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको चलचित्र हो। यसका निर्माता हिमाल कडरिया हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad