ad ad

कला


गायक नारायण रायमाझी भदौ १५ गते प्रज्ञा प्रतिष्ठानमा गुञ्जने

गायक नारायण रायमाझी भदौ १५ गते प्रज्ञा प्रतिष्ठानमा गुञ्जने

नेपालखबर
भदौ ४, २०८० सोमबार १७:४२, काठमाडौँ

भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने भएको छ। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी यस बारेमा जानकारी गराइएको हो।

सांगीतिक साँझ भदौ १५ गते दिउँसो १ बजेबाट ७ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा हुनेछ। एकल साँझका अवसरमा वरिष्ठ लोकगायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले आफ्ना गीतहरु प्रत्यक्ष रुपमा प्रस्तुत गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले बताइन्।

उनले एकल साँझको अवसरमा रायमाझीले निर्देशन गरेको परदेशी २ चलचित्रको पनि शुभारम्भ गरिने बताइन्। कार्यक्रममा देशभरका कलाकार, कला, गीत, संगीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लागेका दर्शक, एवं श्रोताहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित एकल साँझमा रायमाझीले आफूले गाएका उत्कृष्ट गीतहरु प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .