ad ad

कला


फेरि बल्झियो ‘कुसुमे रुमाल’को विवाद, रञ्जितले लगाए धोकाको आरोप

फेरि बल्झियो ‘कुसुमे रुमाल’को विवाद, रञ्जितले लगाए धोकाको आरोप

नेपालखबर
पुस ५, २०७९ मंगलबार १२:११, काठमाडौँ

पुरानो नेपाली चलचित्र ‘कुसुमे रुमाल’को विवाद पुनः बल्झिएको छ। संगीतकार रञ्जित गजमेरले फिल्म प्रदर्शक तथा निर्माता उद्धव पौडेलविरुद्ध धोकाको आरोप लगाएका छन्। 

सोमबार सार्वजनिक गजमेरको आत्मकथा ‘मोहनी मादलको’मा पौडेलले आफूलाई व्यावसायिक धोका दिएको कुरा उल्लेख गरेका छन्। गजमेरको यो पुस्तक सार्वजनिक भएसँगै २५ वर्षअघि सल्टिएको फिल्मको विवाद पुनः सतहमा आएको छ।

तत्कालीन समयमा यो विवाद निर्माता संघ र सर्वोच्च अदालतसम्म पुगेको थियो। यो फिल्म नेपाली फिल्म उद्योगमा पहिलोपटक रजतजयन्ती मनाउन सफल चलचित्र बनेको थियो। तुलसी घिमिरेले निर्देशन गरेको फिल्ममा भुवन केसी, तृप्ति नाड्कर र गायक उदितनारायण झा शीर्ष भूमिकामा छन्। 

गजमेरले आफ्नो आत्मकथामा लेखेका छन्, ‘हामीले अत्यन्त विश्वासका साथ पौडेललाई कुसुमे रुमालको पहिलो प्रिन्ट थमाउँदै नेपाल पठायौं। तर नेपाल पुगेर उहाँले त्यो फिल्म आफ्नो ब्यानरमा दर्ता गर्नु भएछ। सिनेमा धूमधामले चल्यो, ठाउँठाउँमा सिल्भर जुबली र ‘१००’ दिन पनि मनायो।’ 

गजमेरले कुसुमे रुमालको कमाइले पौडेलले सिनेमा हल निर्माण गरेको तर मुनाफाको एक पैसा आफूलाई नदिएको दाबी गरेका गरेका छन्। कुसुमे रुमाले लिएपछि पौडेल वैरी बनेको र बोलचाल बन्द गरेको कुरा उनले पुस्तकमा लेखेका छन्।

फिल्म विवादको विषय बाहिर आएपछि उद्धव पौडेलले चलचित्र निर्माता संघदेखि अदालतसम्म पुगेर सल्टिएको विषयमा किन कलम चलाइयो भन्ने आफूलाई थाहा नभएको बताएका छन्।

उनले भनेका छन्, ‘सबै संघसंस्थाले कम्प्रमाइज गराएर सक्किसकेको विषय थियो यो।’

तत्कालीन निर्माता संघका महासचिव अशोक शर्माले पनि दुवै पक्षलाई बोलाएर सकिएको विषय भनेका छन्।

उनी भन्छन्, ‘यस विषयमा हामी नबोल्ने, नलेख्ने, एकअर्कालाई दोष नलाउने भनेर कागज गरिएको छ।’

यो विवादमा उद्धव र रञ्जिबीच लेनदेनसमेत भएको शर्माले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .